बिहीबार, साउन १४, २०८३

रोनाल्डो सम्मिलित युभेन्ट्स कोपा इटालीयाबाट बाहिरियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- साविकको विजेता युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा एट्लान्टासँग ३-० को फराकिलो अन्तरले पराजित हुँदै युभेन्ट्स प्रतियोगिताबाट बाहिरिएको हो ।

चार पटकको विजेता युभेन्ट्सलाई घरेलु मैदानमा पराजित गर्न एट्लान्टाका डुभान जाप्टाले दुई तथा टिमोथी कास्टाग्नेले एक गोल गरे । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित मैदान उत्रिएको युभेन्ट्सले एट्लान्टाविरुद्ध कुनै गोल गर्न सकेन् ।  

खेलको पहिलो हाफमा २-० ले पछि परेको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्दै सविकको विजेता युभेन्ट्स एट्लान्टासँग ३-० ले पराजित भएको हो । खेलको ३७ औं मिनेटमा कास्टाग्नेको गोलबाट घरेलु टोलीले युभेन्ट्सविरुद्ध सुरुवाती अग्रता लिएको थियो । 

खेलको ३९ औं मिनेटमा जाप्टाले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८६ औं मिनेटमा जाप्टाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लान्टालाई ३-० ले जित दिलाए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।