बिहीबार, साउन १४, २०८३

बार्सिलोना कोपा डेल रे’को सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- अन्तिम आठको निर्णाय खेलमा सेभिल्ललाई पराजित गर्दै बार्सिलोना स्पेनीस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाईनलको दोस्रो लेगमा सेभियालाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गेरेको हो । 

घरेलु मैदानमा बार्सिलोनाको जितका लागि फिलिप्पे काटिन्होले २, तथा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, सेर्गी रोबर्टो र इभान राकिटिकले समान एक एक गोल गरे । यता सेभिल्लका लागि गुइल्हेर्मे अरनाले सान्तोना गोल गरे । 

इसजितसँगै बार्सिलोनाले समग्रमा ६-३ को जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा बार्सिलोना २-० गोल अन्तरले पछि परेका थियो ।
खेलको १३ औं मिनेटमा काटिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । 

खेलको २७ औं मिनेटमा इभर बेनेगाले पेनाल्टीमा गोल गर्न नसक्दा सेभियाले खेल बराबरी गर्ने मौका गुमायो । ३१ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनायो । 

खेलको ५३ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । ५४ औं मिनटमा रोबर्टोले गोल गर्दा बार्सिलोनाले ४-० ले अग्रता लियो । तर, खेलको ६७ औं मिनेटमा सेभियाका गुइल्हेर्मेले गोल गर्दै खेल ४-१ को बनाए । यस्तै खेलको ८९ औं मिनेटमा स्वारेज र खेलको इन्जुरी समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ६-१ विजयी भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।