काठमाडौं- वडा नम्वर १६ का संयोग कपाली र वडा नम्वर ४ की लस्ता महर्जन मेयर कप अन्तर्गत प्रथम यल महानगरपालिका अन्तर वडा टेबल टेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
संयोगले पुरुष खुल्ला विधामा स्वर्ण जित्दा वडा नम्वर ७ का डिकेन महर्जले रजत पदक जिते । महिला खुल्ला विधामा लस्ताले स्वर्ण जितेकी हुन् । पुरुष खुल्लाको समूह बी तर्फ वडा नम्वर १९ का निशान प्रधान प्रथम हुँदा वडा नम्वर १९ कै निकेन पधान दोस्रो भए ।
त्यस्तै यू-१६ को महिला एकलतर्फ वडा २० की समिरा श्रेष्ठ तथा सोहि विधाको पुरुषतर्फ वडा ८ का रुबिन महर्जनले स्वर्ण जिते । ४० बर्ष माथिको भेट्रन तर्फ वडा नम्वर ११ का राजेन्द्र बज्राचार्य प्रथम तथा वडा नम्वर ७ का निकेश जोशी दोस्रो भए ।
भेट्रान कै ५० बर्ष माथिको उमेर समूहमा वडा ९ का किरन व्यञ्जनकार प्रथम र वडा १६ का प्रकाश ढाख्वा दोस्रो भए । विजेता खेलाडीलाई सिल्ड, प्रमाण पत्र र मेडल प्रदाान गरिएको थियो ।
८ विधामा प्रतिस्पर्धा भएको प्रतियागितामा वडा १६ ले दुई स्वर्ण र एक रजत सहित सिल्ड जित्यो । वडा नम्वर १९ र २० संयुक्त रुपमा दोस्रो भए । दुबै वडाले समान एक स्वर्ण, एक रजत र एक कास्य जिते । प्रतियोगितामा ललितपुर महानगरपालिका २९ वडा मध्यबाट १८ वडाको सहभागिता रहेका थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४