शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • जिबोटीमा डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता

जिबोटीमा डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
अदिस अबाबा- उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १३० आप्रबासी शरणार्थी वेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रबासी संगठन (आइओएमले) बुधबार जनाएको छ। 

आइओएमद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त संगठनले भनेको छ, 'जिबोटीको ओबोक क्षेत्र नजीकै मङ्गलबार बिहान भएका डुङ्गा दुर्घटनामा १३० जनाभन्दा बढी आप्रबासी शरणार्थी डुबेर वेपत्ता भएका छन्।' 

अहिलेसम्म दुई जनालाई जीवितै र तीन महिलाको मृत शरीरलाई उद्धार गरिएको आइओएमले बताएको छ। वेपत्ता यात्रुहरूको खोजी अझै जारी रहेको भए पनि उनीहरू पानीमा वेपत्ता भएको करिब २४ घण्टा भएकोले जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण रहेको विज्ञप्तिमा उल्लेख छ। यद्यपि वेपत्ता भएका नागरिक कुन देशका थिए भन्ने बारेमा पनि आइओएमले जनाएको छैन। 

गरीब इथियोपियाली नागरिकले राम्रो आर्थिक अबसरको खोजीमा उक्त बाटो गरेर अरबेली प्रायद्वीपमा छिर्ने गरेका छन्। रेड सी पार गर्ने क्रममा डुबेर वा खाने पानीको अभावमा बर्षेनी हजारौ मानिसले ज्यान गुमाउने गरेका छन्। 

पछिल्ला बर्षमा इथियोपियाली सरकारले रेड सीको मार्ग प्रयोग गरेर यात्रा गर्दा जीवन खतरामा पर्नसक्ने भनी स्थानीय छापा तथा प्रशारण सञ्चारमाध्यममा दिने गरेका सचेतनामुलक विज्ञापनलाई हटाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।