मंगलबार, असार २३, २०८३

अमेरिकी फुटबलर कार्लीले गरिन् संन्यासको घोषणा

विश्व महिला फुटबलको केन्द्रमा रहेकी अमेरिकी महिला राष्ट्रिय टिमकी मिडफिल्डर कार्ली ल्लोयडले यो वर्षको अन्तिममा संन्यास लिने घाषणा गरेकी छन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं– विश्व महिला फुटबलको केन्द्रमा रहेकी अमेरिकी महिला राष्ट्रिय टिमकी मिडफिल्डर कार्ली ल्लोयडले यो वर्षको अन्तिममा संन्यास लिने घाषणा गरेकी छन्।

३१२ खेल खेलेकी ३९ वर्षे अमेरिकी अन्तर्राष्ट्रिय खेलाडीले यो वर्षको अन्तिममा संन्यास लिने घोषणा गरेकी हुन्।

उनले ती खेलदौरान अमेरिकी टिमबाट १२८ गोल गरेकी छन्। उनले राष्ट्रिय टिमबाट दुई विश्वकप र दुई ओलम्पिक गोल्ड मेडल जिकेकी छन्।

लोनमा रहेकी कार्लीले अहिले म्यानचेस्टर सिटीमा लोनमा छिन्। ‘हरेक एक दिन म मैदानमा निस्कन्छु, म यो नै मेरो अन्तिम खेल हो भनेर खेल्ने गरेकी छु,’ उनले भनिन्।

अमेरिकी महिला टिमका मूख्य प्रशिक्षक भ्लातोक एन्डोनोभ्स्कीले कार्लीलाई एक सच्चा लेजेन्ड खेलाडीको उपमा दिएका छन्।

उनले अब बुट थन्क्याउनुअघि यो वर्षभरिका चार अन्तर्राष्ट्रिय खेल खेल्नेछिन्। ल्लोयडले आफ्नो पहिलो खेल १९९९ मा खेलेकी थिइन्। उनले २००५ मा २२ वर्षको उमेरमा युक्रेनविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी थिइन्।

त्यसपछि उनी अहिलेसम्म क्रिस्टियन लिल्ली (३५४)पछि अमेरिकाकी दोस्रो सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने खेलाडी बनेकी छन्।

उनी भन्छिन्, ‘मैले सँधै शून्यबाट सुरु गरेँ, कुनै कुरा ग्रान्टेड लिन चाहिनँ। कुनै कुरा पाउन कति गाह्रो हुन्छ भन्ने सोचेर खेलेँ।’

उनले खेल छोडे पनि सधै आफ्नो देशको टिमलाई समर्थन गर्ने बताएकी छन्। उनले एफए कप फाइनलमा सिटीले ४–१ गोलको जित निकाल्दा गोल गरेकी छन्।

प्रकाशित: Aug 17, 2021| 09:58 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।