एजेन्सी- कोपा डेल रे अन्तर्गत आज (बुधबार) साबिक विजेता बार्सिलोना र उपविजेता सेभिल्लाबीच भिडन्तै हुँदै छ । खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समय अनुसार २:१५ बजे सुरु हुँदै छ ।
सेभिल्लाको घेरलु मैदानमा पहिलो खेल गुमाएको बार्सिलोनालाई सेमिफाइनलमा पुग्न फराकिलो अन्तरले जित्नै पर्ने दबाब छ । अन्तिम आठको निर्णायक खेलमा बार्सिलोनाले सेभिल्लालाई कम्तिमा ३-को अन्तरले पारजित गर्नु पर्ने छ ।
किन भने यससअघि सेभिल्लाले आफ्नो घरेलु मैदानमा बार्सिलोना २-० ले पराजित गरेको छ । पहिलो लेगमा बार्सिलोनाले आफ्ना प्रमुख खेलाडीलाई आराम दिइएको थियो ।
सो खेलमा कप्तान लिओनल मेस्सीलाई टोलीमै राखिएको थिएन भने लुइस स्वारेज र फिलिपे कोउटिन्हो लगायत खेलाडीलाई पनि बेन्चमा राखिएको थियो । गत वर्षको फाइनल खेलेमा बार्सिलोनाले सभिल्लालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
तर, यस पटक सेभिल्ला उक्त पराजयको बदला लिँदै बार्सिलोनालाई अन्तिम आठमा नै रोक्न चाहन्छ । आजको खेलमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले सेभिल्ला निकै बलियो टोली रहेको बताउँदै ऊसँगको नतिजा उल्टाउन निकै कठिन हुने भए पनि आफूहरूले प्रयास गर्ने बताएका छन् । आफ्नो घरमा हुने खेल भएकाले त्यो सम्भव भएको उनको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४