बुधबार, चैत २५, २०८२

युनाईटेडले बर्नलीसँग बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । दोस्रो हाफमा २-० ले पछि परेका स्थितीलाई उल्टाउँदै युनाईटेड हारबाट जोगिएको हो । 

घरेलु मैदानमा बर्ननीसँग दोस्रो हाफ सुरुवातमा २ गोलले पछि परेको युनाईटेड त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै खेल २-२ को बराबरीमा ल्याएको हो । यसअघि अन्तरिम प्रशिक्षक ओलने गनर सोल्सजरको प्रशिक्षणमा युनाईटेडले लगातार ८ खेलमा विजयी भएको थियो । 

र्नलीका लागि एस्ले बार्नेस, क्रिस वुडले गोल गर्दा युनाइटेडका लागि पल पोग्वा र भिक्टर लिन्डलफले गोल गरे । ५१औं मिनेटमा एस्ले बार्नेसको गोलबाट बर्नलीले सुरुवाती अग्रता लिएको थियो । ८१औं मिनेटमा क्रिस वुडले गोल गरेपछि युनाइेड खेलमा २-० ले पछि पर्यो ।

तर, ८७औं मिनेटमा पल पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेला फर्कने संकेत दिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लिन्डलफले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । बराबरीसँगै युनाइटेड २४ खेलबाट ४५ अंक जोडेर छैटौ स्थानमा झरेको छ । बर्नली २३ अंक जोडेर १५औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।