बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अफ्रिकी क्रिकेटर जोन्टि डिपिएलको गुडविल एम्बासडरमा नियुक्त 

अफ्रिकी क्रिकेटर जोन्टि डिपिएलको गुडविल एम्बासडरमा नियुक्त 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को गुडविल एम्बासडरमा नियुक्त भएका छन । 

प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टिको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र बिश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास आयोजकको छ । उनको उपस्थितिले खेलाडी र खेल प्रेमीहरुलाई समेत उत्साह र प्रेरणा दिनेछ ।

जोन्टी लिग आयोजना अवधिभर धनगढीमानै रहने र सीवाईसी अत्तरिया टिमको मेन्टरको रुपमा समेत रहने जनाईएको छ । यसै अवसरक उनी विभिन्न अन्य कार्यक्रमहरुमा समेत आवद्ध हुनेछन् । 

दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिङको कारण विश्व प्रसिद्ध छन् । जान्टि इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिंग कोच रहेका थिए भने श्रीलंका, दक्षिण अफ्रीका, केन्या जस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन् । 

यस्तै सीवाईसी अत्तरियाले रायन मरुनलाई टिमको प्रशिक्षकको रुपमा समेत नियुक्त गरेको छ । मरुन यसअघि वेस्ट इन्डिज क्रिकेट टिमका पुर्व फिल्डिङ प्रशिक्षक रहेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।