बिहीबार, साउन १४, २०८३

बिराटनगर किङ्ग्समा २ भारतीय खेलाडी अनुबन्धित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिगका लागि टिम बिराटनगर किङ्ग्सले आफ्ना २ विदेशी खेलाडीहरु अनुबन्धित गरेको छ । बिराटनगरले प्रथम श्रेणीका २ भारतीय क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई अनुबन्ध गरेको हो ।  

दुवैले खेलाडीले भारतीय क्रिकेट क्लब रेलवेजका लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलीसकेका छन् । अभिनाश यादब देब्रे हाते स्पिनर बलर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन् । 

३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिईसकेका छन् । त्यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन् । बिराटनगर किंग्सको रणनीतिक खेलाडीको रुपमा करन केसी रहेका छन् । 

टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारि, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ्ग, तृत राज दास र सुवाश ऐयर  रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।