बुधबार, चैत २५, २०८२

काउटिन्होको रिलिज क्लज ४०० मिलियन : पिएसजी तयार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)ले यतिबेला बार्सिलोनाका सबैभन्दा महँगा खेलाडी फिलिपे काउटिन्होलाई भित्राउन आफ्नो पहिलो नजरमा राखेका छन् । 

फ्रेन्च मिडियाका अनुसार पिएसजीले किन्न खोजेको अजाक्सका २१ बर्षीय युवा स्टार मिडफिल्डर फ्रेन्की डे जोङलाई आगामी समर सिजनका लागि बार्सिलोनाले करिब ९० मिलियन युरो खर्चे पछि उसको बदला लिनखोजेको रिपोर्ट प्रकासित गरेको छ । तर, बार्सिलोनाले काउटिन्होको रिलिज क्लज ४०० मिलियन राखेको छ ।

त्यसो त यसअघि काउटिन्हो अवस्था सन्तोषजनक नहुदा बार्सिलोनाले उनलाई बेच्ने तयारी गरेको चर्चा चलेको थियो । उनले यस सिजन मैदानमा प्रशस्तै समय पाएका छैनन् भने पाएको समयमा पनि उनले प्रभाव देखाउन सकेका छैनन् ।

यही अवस्था बुझेर बार्सिलोनाले आफ्नो इतिहासमै सबै भन्दा महँगो मूल्यहालेर किनेका खेलाडी खोसर पिएसजी बार्सिलोनासँग डे जोङ भित्र्याउन नपाएको बदला लिनचाहेको रिपोर्ट प्रकाशित गरेको छ । 

अहिले पिएसजीका मालिक जासिर अलखिलाफी गम्भीर रूपमा काउटिन्हो अनुबन्धका लागि लागेका छन् । त्यसका लागि बार्सिलोनाँग सन् २०२३ सम्म सम्झौता भएका काउटिन्हो भित्र्याउन पिएसजीले अर्को कीर्तिमानी रकम खर्चिन तयार रहेको खबरमा उल्लेख गरिएको छ ।
 
यता, पिएसजीले यो सिजनपछि नेइमार बेच्ने चर्चा छ । त्यसै पनि ऊमाथि खेलाडी किनबेचमा नियमभंग गरेको मुद्दामा छानबिन चलिरहेकले पिएसजीले नेइमार र केलियन एमबाप्पे मध्ये एक खेलाडी बेच्नुपर्ने बाध्यता छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।