बुधबार, चैत २५, २०८२

बाँसबारी फुटबल क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलको साथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- बाँसबारी फुटबल क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलले एक बर्षका लागि करिब ८ लाख बराबरको प्रायोजन गरेको छ । ‘बी’ डिभिजन क्लब बाँसबारी र स्पार्क हेल्थ होम हस्पिटलले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । 

क्लबका अध्यक्ष प्रेम थापा र अस्पतालका निर्देशक रुपेश अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । क्लबका अध्यक्ष प्रेम थापाले स्पार्कको प्रायोजनले ‘बी’ डिभिजन लिग खेल्न क्लबलाई धेरै राहत दिएको बताए । 

रेलिगेशन बिनाको लिग भएपनि क्लबले उत्कृष्ट प्रर्दशन गर्ने उनले बताए । ‘रेलिगेशन बिनाको लिग भएकाले चढ्ने र झर्ने डर छैन । तर क्लबले आफ्नो विरासत अनुसारको प्रर्दशन गर्नेछ’ अध्यक्ष थापाले भने ।

सम्झौतासंगै क्लबले स्पार्क हस्पिटल बाँसबारी क्लबको नामबाट फुटबल खेल्ने छ । यस्तै बाँसबारीको जर्सीमा हस्पिटलको लोगो प्रयोग हुनेछ । ‘बी’ डिभिजन लिग माघ २५ गतेबाट सुरू हुदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।