मंगलबार, असार २३, २०८३

फुटबल टिमको बन्द प्रशिक्षणमा २८ खेलाडीले पाए निरन्तरता

प्रारम्भिक चरणको छनोटमा ५० खेलाडीमा समेटिएको नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणको दोस्रो चरणको छनोटबाट थप १० खेलाडी बाहिरिएका छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३८ खेलाडीबाट २८ खेलाडी छनोट गरेका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- प्रारम्भिक चरणको छनोटमा ५० खेलाडीमा समेटिएको नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणको दोस्रो चरणको छनोटबाट थप १० खेलाडी बाहिरिएका छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३८ खेलाडीबाट २८ खेलाडी छनोट गरेका हुन्।

यसअघिको पहिलो चरणको छनोटबाट १३ खेलाडी घटाएर ५० जनाको बन्द प्रशिक्षणलाई ३७ जनामा पुर्‍याइएको थियो। त्यसपछि प्रशिक्षणको आन्तरिक करणले थप दुई खलाडीलाई हटाएर तीन खेलाडीलाई फिर्ता बोलाइएको थियो।

त्यसपछि ३८ जनाले अभ्यास गरिरहेको बन्द प्रशिक्षणबाट अहिले प्रशिक्षक अलमुताइरीले २८ जनालाई निरन्तरता दिएका हुन्। बन्द प्रशिक्षणबाट बाहिरिनेमा विसाल सुनार, रन्दिप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिव लोप्चन, संजोक राई, त्रिदेव गुरुङ, राजिन धिमाल, सेसेहाङ आङदेम्बे र विक्रम लामा छन्।



नेपालले आउँदो अक्टोबलमा माल्दिभ्समा हुने साफ च्याम्पियनका लागि तयारी गरिरहेको छ। त्यसअघि नेपालले इन्डियासँग मैत्रपूर्ण खेल्ने तय छ। नेपालको दशरथ रंगशालामा नेपालले सेप्टेम्बर २ र ५ मा दुई मैत्रीपूर्ण खेल्नेछ। अहिले नेपाली टिमले पोखरामा अभ्यस गरिरहेको छ।

बन्द प्रशिक्षणमा नियमित रहेने खेलाडी

अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र शिशिर लेखि बन्द प्रशिक्षणमा रहेका छन्।

यस्तै गोलकिपरहरू किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु र अर्पण कार्की बन्द प्रशिक्षणमा छन्।



प्रकाशित: Aug 17, 2021| 09:04 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।