बिहीबार, साउन १४, २०८३

इरानलाई पराजित गर्दै जापान एसियन कपको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- जापान एसियन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनलमा इरानलाई ३-० गोल अन्तरले पराजित गर्दै जापान फाइनल प्रवेश गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरी खेलेको दोस्रो हाफमा तीन वटै गोल सम्भव भएका थिए । जापानको जितका लागि याया ओशाकाले दुई तथा जेन्की हेरगुचले एक गोल गरे । 

खेलको ५६ औं मिनेटमा योया ओशाकाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा इरानका खेलाडीले डी बक्सभित्र फल गरेपछि जापानले पेनाल्टी पाएको थियो । 

उक्त पेनाल्टी ओशाकालेनै गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे । खेलको इन्जुरी समयमा जेन्की हरगुचले गोल गर्दै जापानलाई इरानमाथि ३-० को जित दिलाए । जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।