बुधबार, चैत २५, २०८२

नेयमारले च्याम्पियन्स लिगका दुई खेल गुमाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारले च्याम्पियन्स लिगका दुई खेल गुमाउने भएका छन् । क्लबका अनुसार उनले च्याम्पियनस लिगमा म्यानचेस्टर युनाइटेडविरुद्धका दुवै लेग गुमाउने भएका हुन् । 

गत मंगलबार स्टार्सवर्गसँग भएको फ्रेन्च कप अन्तरगतको खेल दौरान नेयमार घाइले भएका थिए । उनले खेल दौरान दायाँ खुट्टामा चोट बोक्दै मैदान बाहिरिएका थिए । 

क्लबले च्याम्पियन्स लेगको पहिलो लेग मात्रै गुमाउने आशंका गरिएपनि एमआरआईको रिपोर्टपछि उनले दुवै लेग गुमाउने भएका हुन् । उनी मार्च अन्तिम सातापछि मात्रै मैदान फर्किनेछ । 

नेयमार गतवर्ष पनि यही चोटका कारण तीन महिना मैदान बाहिर रहेका थिए । पीएसजी र युनाइटेडबीचको पहिलो लेग फेब्रुअरी १२ मा तथा दोस्रो लेग ६ मार्चमा हुदै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।