बुधबार, चैत २५, २०८२

नेपाल पहिलो पटक आईसीसी एकदिवसीय वरियताको १५ औं स्थानमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईसँगको एकदिवसीय सिररिज जितेसँगै नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा समावेश भएको छ । सोमबार युएईलाई तीन खेलको सिररिजमा २-१ ले पराजित गर्दै नेपाल आईसीसीको एकदिवसीय वरियतामा पहिलो पटक समावेश भएको हो । 

युएईविरुद्धको सिरिज जितपछि नेपाल वरियताको १५ औं स्थान गरेको छ । आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि ६ खेल खेलेको नेपालको १५२ अंक रहेको छ ।  युएई भने २६३ अंकसहित १४ औं स्थानमा छ ।

सिरिजको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा युएईलाई १ सय ४५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तयस्तै तेस्रो तथा निर्णायक खेलमा कपन पारस खड्काको शतकीय पारीमा ४ विकेटले पराजित गर्दै सिरिज जितेको थियो । 

वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।