सोमबार, मंसिर १, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • मालिकार्जुन गाउँपालिकामा संचार सेवा विस्तार,नयाँ टावर निर्माण र स्तरोन्नतिको कार्य तीव्र

मालिकार्जुन गाउँपालिकामा संचार सेवा विस्तार,नयाँ टावर निर्माण र स्तरोन्नतिको कार्य तीव्र

 |  सोमबार, मंसिर १, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०८२

सुन्दर सिंह धामी 
दार्चुला-'जनताको सेवा होस् वा विकास, हाम्रो प्रतिबद्धता स्थिर छ' यही ध्येयका साथ मालिकार्जुन गाउँपालिकामा संचार सेवाको पहुँच विस्तारका लागि गत वर्षहरूमा भएका पहलहरू उल्लेखनीय रूपमा सफल हुँदै आएका छन्। विशेष गरी मोबाइल नेटवर्कबाट वर्षौंदेखि बञ्चित रहेका दुर्गम वडाका सर्वसाधारणका लागि सुरु गरिएको अभियान आज महत्वपूर्ण उपलब्धिसहित अघि बढिरहेको छ।२०७५ सालमा जनादेश प्राप्त गरी जिम्मेवारी सम्हालेका तत्कालीन मालिकार्जुन गाउँ पालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले संचार पहुँचलाई विकासको आधार मानेर आठै वडामा गुणस्तरीय मोबाइल सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। 

National life

सोही अनुरूप उनले नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरिया, मोबाइल सेवा निर्देशनालय बबरमहल र टेलिकम केन्द्रीय कार्यालय भद्रकालीसँग निरन्तर समन्वय गर्दै मालिकार्जुनको भौगोलिक बनावट र चुनौतीलाई मध्येनजर गरी आवश्यक नियमित पहल गर्दै आएका थिए।

पहिलो चरणका टावर निर्माणले ल्यायो सहजता 
अध्यक्ष धामीको पहलमा वडा नं.२ को बलशिखर, वडा नं.८ को पस्ती-गोरेकाँडा, वडा नं.५ र ६ को ख्याधार-डाँडाकोट क्षेत्र, वडा नं.४ को ऐरिछाना तथा वडा नं.७ को पासादेउमा नेपाल टेलिकमका रिपिटर टावर निर्माण भई सेवा सञ्चालनमा आएका छन्। यी टावरहरूले दर्जनौँ गाउँहरूमा मोबाइल पहुँच विस्तार गराएको भए पनि कतिपय स्थानमा नेटवर्क कमजोर रहने, कुराकानी नटिक्ने जस्ता समस्या उठेपछि अध्यक्ष धामीले पुनः टेलिकमसँग समन्वय गर्दै समस्या समाधानको प्रक्रिया अघि बढाए।उक्त समस्या अवगत गराएपछि नेपाल टेलिकमले विद्यमान टावरहरूको स्तरोन्नति गर्ने र नयाँ टावरहरू निर्माणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिएको हो।

दोस्रो चरण स् नयाँ टावर निर्माणमा उल्लेखनीय प्रगति
हाल टेलिकमले मालिकार्जुन गाउँपालिकाका विभिन्न स्थानमा नयाँ टावर निर्माणका कार्यलाई तीव्ररूपमा अघि बढाइरहेको छ।वडा नं.३ मड-धौखानी-सुङरखाली क्षेत्रमा टावर निर्माण पूर्ण रूपमा सम्पन्न भइसकेको छ। यहाँ आगामी १-२ दिनमै 4G सहितको सेवा औपचारिक रूपमा सञ्चालन हुने जनाइएको छ। यसबाट मालिकार्जुन गाउँपालिकाका वडा नं.२, ३, ४ र ८ को ठूलो भू-भागसँगै छिमेकी शैल्यशिखर नगरपालिका–६ का ग्वानी, मिलमिली, पनेबाज, दोबाटा र देवथलीका उपभोक्ताले समेत प्रत्यक्ष लाभ पाउने मालिकार्जुनक स्थानीय रबि धामी बताउछ। 

वडा नं. १ रेबलीमा २५ मिटर अग्लो आधुनिक 4G टावर निर्माणका लागि आवश्यक बजेट र एस्टिमेट स्वीकृत भई ठेक्का प्रक्रिया अघि बढिसकेको छ। टावर निर्माण सम्पन्न भएपछि रेबली, भर्तोला, डुङरी, मेलखेत, सजानी, पस्ती, थक्तोली, धामिगाडा, गाढखोला, सेलिचाम, गौल, चामी, खोलीचोरा लगायत वडाका दूरदराजका बस्तीमा गुणस्तरीय नेटवर्क सहज रूपमा उपलब्ध हुनेछ।

Laxmi sunrise bank
kumari

यस्तै वडा नं.५ डाँडाकोट, वडा नं.७ चौकी-बिनाकोइराली तथा वडा नं। ८ चस्कोट-कोटबुङ्गा क्षेत्रका लागि नयाँ टावर निर्माण गर्न सर्भे कार्य सम्पन्न भइसकेको छ। हाल यी सबै स्थानका टावरहरू एस्टिमेट तथा स्वीकृति प्रक्रियामा रहेका छन् र आगामी आर्थिक वर्षमा निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीको दैनिक जीवनमा हुने प्रभाव 
सञ्चार सेवा विस्तारले विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय, स्थानीय व्यवसायी तथा आपतकालीन सेवामा पहुँच अत्यधिक सहज बनाउँदै जाने विश्वास गरिएको छ। लामो समयदेखि नेटवर्क अभावमा परेको समुदायले गुणस्तरीय मोबाइल सेवा पाएपछि जनजीवनमा प्रत्यक्ष परिवर्तन आउने स्थानीयवासीहरूले बताएका छन्।

टेलिकम र नेतृत्वप्रति आभार 
सञ्चार सेवा विस्तारलाई निरन्तरता दिन सहयोग पुर्‍याएको नेपाल टेलिकम तथा निरन्तर अनुगमन, पहल र समन्वय गर्दै आएका निबर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीप्रति स्थानीयवासीहरूले विशेष आभार व्यक्त गरेका छन् ।

प्रकाशित: Nov 17, 2025| 13:04 सोमबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्