बुधबार, चैत २५, २०८२

नेपाललाई ऐतिहासिक एकदिवसीय सिरिज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा भएको सिरिजमा युएईलाई २-१ ले पराजित गर्दै पहिलो ऐतिहासिक सिरिज जितेको हो ।  

सिरिजको पहिलो खेल ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको थियो । 

त्यस्तै तेस्रो अर्थात निर्णायक खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै सिरिज जित्न सफल भयो । युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको नपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

नेपालको ऐतिहासिक सफलताका लागि कप्तान पारस खड्काले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ९ बल खेल्दै १ सय १५ रन जोडे । शतकीय पारी खेल्दा पारसले १५ चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । उनले ३५ बलमा ४ चौकाको मद्दतमा ३१ रन जोडेका थिए । सोमपाल कामीले २६, आरिफ सेफले २१, सन्दीप जोराले १९ र रोहित कुमार पौडेलले १६ रन जोडे ।

युएईका लागि अहमद र इमरान हैदरले समान २-२ विकेट लिए भने कादिर अहमद र मोहमद नाभिदले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० अ‍ेभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । 

युएईका लागि पाँचौ र छैठौं नम्वरमा मैदान प्रवेश गरेका द्वय सिपी रिजवन र अन्वरले १ सय रनको साझेदारी गरे । २०.२ ओभरमा ४ विकेट गुमाएर ४७ रन मात्र जोडेको युएईका लागि द्वय रिजवन र अन्वरले युएईको स्कोर माथि उकास्न महत्वपूर्ण योगदान दिए । 

अन्वरले युएईका लागि उत्कृष्ट अर्धशतकिय अविजित पारी खेले । उनले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । त्यस्तै सिपी रिजवनले ४५ रन जोडे । त्यस्तै आक्रमक ब्याटिङ गर्दै मोहम्मद बुटाले पनि अर्धशतक बनाए । 

उनले ३१ बलमा नटआउट रहदै ५ चौका र ४ छक्काको मद्दतमा ५९ रन जोडे । मुहमद उसमानले २६, गुलाम साब्बरले १८ र मोहमद नवीदल ११ रन जोड्दा अहमद र सुरी शुन्य रनमा आउट भएका थिए । नेपालका लागि करन केसी र कप्तान पारस खड्काले २-२ तथा सोमपाल कामी र सन्दीप लामिछाने एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।