बुधबार, चैत २५, २०८२

एकदिवसीयमा पारसको कीर्तिमानी शतक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान पासर खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । युएई सिरिजको तेस्रो खेलमा युएईले दिएको २ सय ५५ रनका लक्ष्य पछ्याउने क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान खड्काले शतकीय पुरी गरेका हुन् ।

यससँगै कप्तान खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने पाहिलो कीर्तिमानी नेपाली खलाडी बनेका हुन् । उनले ९६ बल खेल्दै १४ चौका र एक छक्का प्रहार गर्दै शतकीय पारी खेलेका हुन् ।

यसअघि उनले ५० बल खेल्दै ९ चौका प्रहार गरेर अर्धसशतक पुरा गरेका थिए । सुरुवाती समयदेखी नै आक्रमक ब्याटिङ प्रस्तु गर्दै कप्तान खड्काले अर्धशतक पुरा गरेका थिए ।

१ अगष्ट २०१८ मा नेदरल्याण्डसँगको एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तान पारसले डेब्यु गरेका थिए । उनले ३ अगष्टमा नेदरल्याण्डसँगको दोस्रो एकदिवसीयका पहिलो अर्धशतक बनाएका थिए । उनले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै एकदिवसीयमा आफ्नो पहिलो अर्धशतक बनाएका थिए ।

नेपाललाई पहिलो सिरिज जित्न यो खेल जित्नै पर्ने दबाब छ । यस अघिको पहिलो खेलमा नेपाल ३ विकेट पराजित भएको थियो । तर, दोस्रो खेलम सानदार ब्याटिङ र बलिङ गर्दै नेपालले युएईलाई १ सय ४५ रनको फराकिलो अन्तरले पाजित गर्यो ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।