काठमाडौं- जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा सैमन अन्वरको उत्कृष्ट अर्धसतक र मोहमद बुटाको आक्रामक अर्धशतकको मद्दतले युएईले नेपाललाई जितका लागि २ सय ५५ रनको लक्ष्य सुम्पेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० अेभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । युएईका लागि पाँचौ र छैठौं नम्वरमा मैदान प्रवेश गरेका द्वोय सिपी रिजवन र अन्वरले १ सय रनको साझेदारी गरे ।
२०.२ ओभरमा ४ विकेट गुमाएर ४७ रन मात्र जोडेको युएईका लागि द्वोय रिजवन र अन्वरले युएईको स्कोर माथि उकास्न महत्वोपुर्ण योगदान दिए । अन्वरले युएईका लागि उत्कृष्ट अर्धसतकिय अविजित पारी खेले ।
उनले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । त्यस्तै सिपी रिजवनले ४५ रन जाडे । पाँचौ नम्वरमा मैदान प्रवेश गरेका रिजवनले ७६ बल खेल्दै ५ चौकाको मद्दतमा ४५ रन जोडेका थिए ।
त्यस्तै आक्रममक ब्याटिङ गर्दै मोहम्मद बुटाले पनि अर्धशतक बनाए । उनले ३१ बलमा नटआउट ५९ रन जोडे । उनले ५ चौका र ४ छक्का प्रहार गरे । मोहमद नवीदले ३ बलमा ११ रन जोडे । मुहमद उसमानले २६, गुलाम साब्बरले १८ रन जोड्दा अहमद र सुरी शुन्य रनमा आउट भएका थिए ।
नेपालका लागि करन केसी र कप्तान पारस खड्काले २-२ तथा सोमपाल कामी र सन्दीप लामिटछाने एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४