बिहीबार, साउन १४, २०८३

रोनाल्डोको पेनाल्‍टी गोलमा युभेन्ट्स विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोके पेनाल्टी गोलमा य’शभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्षस्थानको युभेन्ट्सले लाजियोलाई २-१ को गोल अन्तरले पराजित गरेको हो ।

लाजियोको मैदानमा आत्मघाती गोलबाट पछाडी परेको युभेन्ट्सले पुनरागमन जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा इम्री कानको आत्मघाती गोलबाट लाजियोले सुरुवाती अग्रता लिएको थियो । तर, त्यसपछि युभेन्ट्स खेलमा फर्कियो । 

खेलको ७४ औं मिनेटमा जोआओ कानसेलोले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पाएको पेनाल्टी अवसरमा गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले लिगमा ११ अंकको अग्रता बनाएको छ । लिगमा अपराजित रहेको युभेन्ट्सले २१ खेलबाट ५९ अंक जोडेको छ । दोस्रो स्थानको नापोली ४८ अंक छ । पराजित लाजियो ३२ अंक जोडेर आठौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।