बिहीबार, साउन १४, २०८३

बार्सिलोनाको जितमा मेस्सी र सिमेडोको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सलोनाले जिरोनालाई पराजित गरेको छ । आइतबार राति भएको खलमा जिरोनालाई बार्सिलोनाले २-० ले पराजित गरेको हो । 

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको जिरोनालाई पराजित गर्न कप्तान लियोनल मेस्सी र नेलसन सिमेडोले एक एक गोल गरे । खेलको पहिलो हाफमा बार्सिलोनाले १-० ले अग्रता लिएको थियो । 

पहिलो हाफमा सुरुवाती अग्रता दिलाउन नेलसन सिमेडोले गोल गरेका थिए । उनले खेलका ९ औं मिनेटमा इभान राकिटिकको क्रस बलमा गोल गर्दै पाहुना टालीलाई सुरुवाती अगता दिलाए । 

खेलको ५१औं मिनेटमा जिरोनाका बर्नाडो दोहोरो पँहेलो कार्ड खादै मैदान बाहिरिए । त्यसको फाइदा उठाउदै ६८औं मिनेटमा जोडी अल्वाको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए । 

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २१ खेलबाट ४९ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनालाई पछ्याइरहेको एट्लेटिको मड्रिडको ४४ अंक रहेको छ । जिरोना २४ अंक जोडेर १३औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।