काठमाडौं- नेपाल राष्ट्रिय टोली यतिबेला पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० सिरिज खेल्न युएईमा छ । युएईसँगको एकदिवसीय सिरिजका तीन खेल मध्ये दुई खेल सम्पन्न भई सकेका छन् । दुई खेल सम्पन्न भईसक्दा दुबै टोली १-१ को बरारबीमा छन् ।
नेपाली टोलीले आज (सोमबार) एकदिवसीयको अन्तिम अर्थात तेस्रो खेल्दैछ । जुन खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । खेल दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समय अनुसार ११ः१५ बजे सुरु हुदै छ । यो खेल जिते नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ ।
पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा सानदार जित सहित हौसिएको छ ।दोस्रो खेलमा नेपालले युएईलाई १ सय ४५ रनको फराकिलो अन्तरको पराजयको स्वाद चखाएको थियो । पहिलो खेलमा ब्याटिङको तालमेल मिलेको थिए ।
तर, दोस्रो खेलमा उक्त गल्ति भने दोहर्याएनन् । दोस्रो खेलमा ब्याटिङ र बलिङ दुबै उत्कृष्ट प्रदर्शन गर्दै सानदार जित निकाले । त्यसैले नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपाललाई पहिलो एकदिवसीय सिरिज जित्ने अवसर समेत छ । युएईलाई पन्छाउनु नेपाललाई कठिन चुनौती भने छ ।
नेपाललाई पहिलो एकदिवसीय सिरिज जित्न शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नु पर्नेछ । उक्त खेलमा युवा स्टार रोहित कुमार पौडेलले कीर्तिमानसहित अर्धशतक बनाएका थिए । रोहितले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सर्वाधिक कम उमेरको खेलाडीको कीर्तिमानी बनाएका थिए ।
यस्तै ओपनर बलर सोमपाल कामीले पाँच विकेट लिएका थिए । युएईलाई सस्तैमा सोमपालले ६ ओभर ३ बल बलिङ गर्दै ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए । सोमपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बनेका थिए ।
नेपालले खेलेको पहिलो एकदिवसीय सिरिज भने बराबरी भएको थियो । नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४