बिहीबार, साउन १४, २०८३

दक्षिण कोरिया नेपालसँग फुटबल खेल्न आतुर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दक्षिण कोरियाली फुटबल संघका अध्यक्ष चुङ मोङ ग्युले नेपाली महिला टोली र कोरियाली महिला टोलीसँगै खेलेको हेर्न आतुर रहेको बताएका छन् । 

भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय महिला फुटबल टोलीको विदाई कार्यक्रममा प्रमुख अथिति बनेका दक्षिण कोरियाली फुटबल संघका अध्यक्ष चुङ मोङ ग्युले यस्तो भनेका हुन् । 

प्रमुख अतिथि चुङ मोङ ग्युले भने, ‘म ओलम्पिकमा नेपाली महिला टोली र कोरियाली महिला टोलीले सँगै खेलेको हेर्न चाहन्छु ।’ उनले ओलम्पिक छनोटको समूह चरण पार गर्न सफल नेपाली टिमलाई बधाई समेत दिएका थिए ।

कार्यक्रममा दक्षिण कोरियाली फुटबल संघका अध्यक्ष चुङ मोङ ग्युले नेपाललाई करिब ९ सय थान खेल सामाग्री हस्तान्तरण गरेका थिए । भारतको भुवनेश्वरमा माघ २३ देखि फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताका लागि यसअघि  निरु थापाको कप्तानीमा नेपाली छोलीको छनोट गरिएको थियो । 

नेपाली टोली बुधबार झापा जाने कार्यक्रम रहेको छ । झापामा अभ्यास गरेर सोही स्थानबाट नेपाली टिम भारत प्रस्थान गर्नेछ । भारतले आयोजना गर्ने तय भएको प्रतियोगितामा नेपाल सहित आयोजक भारत म्यानमार र श्रीलङ्का समावेश छन् । 

नेपाली महिला टोली :

गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी

स्ट्राइकर : अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी, अनिता के सी ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।