काठमाडौं- जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट क्रिकेट सिरिजअन्तर्गत सोमबाराति सम्पन्न खेलमा इन्डियाले घरेलु टिमविरुद्ध १५१ रनको जित निकालेको छ।
दोस्रो इनिङमा २७२ रनको लक्ष्य पाएको इंग्ल्यान्डले घरेलु मैदानमै कमजोर प्रदर्शन गरेपछि इन्डियाले १५१ रनको विसाल जित निकालेको हो।
अन्तिम पारीमा इन्डियाको जितका लागि मोहम्मद सिरज, जसप्रिम बुमराह, इसान्त शर्मा र मोहम्मद शामीले क्रमशः ४, ३, २ र १ विकेट लिए। जहाँ मोहम्मद शामीले पाँच मेडन राखे भने रविन्द्र जाडेजाले शून्य दशमलव ८३ को इकोनोमी प्रदान गरेका छन्।
इन्डियाका बलरसामू इंग्ल्यान्डका जेम्स हेन्डरसन, साम कुरन, रोरी बर्नर र डोम बिल शून्य रनमै आउट भए। कप्तान जो रुटले पनि सबैभन्दा धेरै ३३ रनमात्र जोड्न सके। त्यसबाहेक अन्य खेलाडीको प्रदर्शन पनि खास नरहेपछि इंग्ल्यान्ड १२० रनमै अलआउट भयो।
त्यसअघि आफ्नो दोस्रो पारीमा अजिंक्य रहाणेले ६१ र मोहम्मद शामीले ५६ रनको अर्धसतकिय पारी खेले पछि इन्डिायाले २९८ रन जोडेको थियो।
टेस्टको पहिलो इनिङमा भने दुवैतर्फको खेल सानदार थियो। जहाँ टस हारेर ब्याटिङको निम्तो पाएको इन्डियाले केएल राहुलको सतकिय सहयोगमा ३६४ रन बनाएको थियो।
यता जो रुटको १८० रनको सहयोगमा इंग्ल्यान्डले पनि ३९१ रन बनाएको थियो। तर, दोस्रो इनिङमा आयोजकल राष्ट्रले राम्रौ प्रदर्शन गर्न नसक्दा लर्डस मैदानमै इंग्ल्यान्ड पराजित भएको हो।
जितपछि इन्डियन टिमका कप्तान विराट कोहलीले जितको श्रेय बलरलाई दिनुपर्ने बताएका छन्। ‘हामीले ब्याटिङमा पनि राम्रो गरेका थियौं। पहिलो तीन दिनपछि यो पिचमा बलिङबाट उपलब्धि हात लगाउन निकै कठिन थियो। तर, जसरी जसप्रित र शामीले खेले त्यसले इंग्ल्यान्डलाई दबाबमा राख्यो,’ कोहलीले भने।
उनले थपे, ‘हामीले ६० ओभर जाने सोचेका थियौं। त्यही अनुसारको तयारी पनि थियो। तर जसरी बलरले खेल त्यसहले हामीलाई चार्ज गर्यो। त्यसले सुखद अन्त्यस गर्न सहयोग गर्यो।’ इन्डियाले इंग्ल्यान्डलाई ५१ ओभर र एक बलमै अलआउट गराएको थियो।
यो जितसँगै टेस्टमा इन्डियाले १–० को अग्रता बनाएको छ। मौसमले प्रतिकुल प्रभाव पारेको पहिलो टेस्ट पुरा नभएपछि बराबरीमा रोकिएको थियो।