मंगलबार, असार २३, २०८३

भिल्लारियलसँग बराबरीमा रोकियो ग्रानाडा

स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिएका छन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिएका छन्।

भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा भएको खेलमा भिल्ला र ग्रानाडालो गोलरहित बराबरी खेलेका हुन्।

खेलको ८२औं मिनेटमा भिल्लाका जेवन फेयथले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। १० खेलाडीमा समेटिएको टिमविरुद्ध ग्रानाडाले ३९ प्रतिसत मात्र बलमा पकड बनाएको थियो।

यता भिल्ला रियलले खेल अवधिभर विपक्षीको पोस्टतर्फ १४ प्रहार गरे पनि कुनै प्रहार सफल हुन सकेनन्।

यो खेल सकिएसँगै ला लिागको पहिलो चरणको खेल पनि सकिएको छ। पहिलो चरण सकिँदा समान एक/एक अंक बनाएका ग्रानाडा र भिल्ला क्रमशः १३औं र १५औं स्थानमा छन्। रियल मड्रिड तीन अंकका साथ शीर्षस्थानमा छ भने सेभिया दोस्रो स्थानमा छ।

ला लिगाकै अर्को खेलमा एल्चेले एथ्लेटिक क्लबसँग पनि गोलरहित बराबरी खेलेको छ।

प्रकाशित: Aug 17, 2021| 07:53 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।