सोमबार, चैत २, २०८२

भारतीय गणतन्त्र दिवस भब्यताका साथ मनाइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली - भारतले आफ्नो ७० औँ गणतन्त्र दिवसलाई राजधानी नयाँ दिल्लीमा शनिबार भव्यताका साथ मनाएको छ। राजधानीबाहेक विभिन्न राज्यका राजधानी, विदेशी नियोग तथा स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रमसाथ दिवसलाई भव्यताका साथ मनाइएको छ। 

केन्द्रीय राजधानी नयाँ दिल्लीमा स्वदेशी तथा विदेशी पाहुनाहरूको भव्य सहभागितासहित भएको ७० औँ गणतन्त्र दिवस कार्यक्रमको मुख्य अतिथि यस बर्ष दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसालाई बनाइएको थियो। 

कार्यक्रमलाई सुरक्षित एवम् व्यवस्थित बनाउन करिब २५ हजार प्रहरी तथा अर्ध सैनिक बललाई दिल्लीमा तैनाद गरिएको थियो। नयाँ दिल्लीको कार्यक्रमको प्रमुख आकर्षण ऊँट सवार र मोटरसाइकल ‘स्टन्ट राइडिङ‘ रहेका थिए भने सेनाले विभिन्न कलात्मक सैन्य प्रस्तुति समेत समारोहमा गरेका थिए। 

सन् १९५० मा नयाँ संविधान लागु भएको जनवरी २६ (आजकै दिन) लाई भारतले गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ। भारत बेलायतबाट सन् १९४७ मा स्वतन्त्र भएपनि त्यसपछिका तीन बर्ष सङ्क्रमणकालीन समयका रूपमा विताएको थियो। 

राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा भारतीय राष्ट्रपतिले भारतीय राष्ट्रपतिले शुक्रबार सम्पूर्ण देशबासीलाई आगामी मेमा हुन लागेको आम निर्वाचनमा सक्रियताका साथ सहभागी भै आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्। 

उनले भनेन्ने, “निर्वाचन मात्रै राजनीतिक अभ्यास होइन। यो वुद्धिको सामुहिक आह्वान तथा सामुहिक कर्म हो। यसले मतदानलाई पवित्र बनाउँछ।” रासस/एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।