आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दशैंको मुखमा कर्मचारीका भगवान बने मिन बहादुर गुरुङ, कसैले जागिर गुमाउनु नपर्ने  

दशैंको मुखमा कर्मचारीका भगवान बने मिन बहादुर गुरुङ, कसैले जागिर गुमाउनु नपर्ने  

 |  शुक्रबार, असोज ३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३, २०८२

National life

काठमाडौं-प्रदर्शनीका कारण भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्।सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ।१० हजार कर्मचारी आबद्ध रहेको भाटभटेनीमा अधिकांश  प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो। 

भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो।नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन। यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन्।

भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराएका छन्।हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनीले जनाएको छ।कम्पनीका अनुसार भाटभटेनी सुपरस्टोरले वार्षिक ३७ अर्ब रुपैयाँ बराबरको व्यापार गर्ने गरेको छ।

प्रकाशित: Sep 19, 2025| 16:28 शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्