काठमाडौं- युएईसँगको जारी एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय खेलमा नेपाल विजयी भएकोछ । रोहित कुमार पौडेकोे उत्कृष्ट ब्याटिङ र सोमपाल कामीको कसिलो कलिङको मद्दतले नोपल विजयी भएको हो ।
एकदिवसीय खेलमा नेपालले युएईलाई १ सय ४५ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको युएईले १९.३ ओरभमा सबै विकेट गुमाउदै मात्र ९७ रन बनाउ सक्यो ।
युएईका लागि मुहमद उस्मानले २६, मोहमद नाभिदले १९, अहमदले २० र रिजवानले १६ रन बनाउन बाहेक अन्यले दोहोरो अकं छुन सकेनन् । नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिए ।
यसअघि नेपालका लागि नेपालका लागि रोहित कुमार पौडेलले ५८ बल खेल्दै ७ चौकाको मद्दतमा ५५ रन जोडे । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट ६ रनले चुके ।
उनले ६१ बल खेल्दै ४ चौकाको मद्दतमा ४४ रन जोड्दा जाहुर खानको बलमा क्याच आउट हुन पुगे । आरिफ सेखले २९ रन जोड्दा कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१-२१ रन जोडे ।
करन केसीले १८ र दिपेन्द्र सिंह ऐरी १० रनमा आउट हुँदा पवन सराफ ८ रनमा आउट भए । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपालले यस जितसँगै सिरिजमा १-१ को बराबरी गरेको छ । र, सिरिज जित्ने आशा जीवितै राखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४