बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अफ्रिदीलाई पछि पार्दै रोहित बने एकदिवसीयमा अर्धशतक बनाउने सबैभन्दा कन्छा खेलाडी

अफ्रिदीलाई पछि पार्दै रोहित बने एकदिवसीयमा अर्धशतक बनाउने सबैभन्दा कन्छा खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी रोहित कुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडीको रेकर्ड बनाएका छन् । उनले २३ वर्ष अघि पाकिस्तानका शहिद अफ्रिदीले बनाएको रेकर्डलाई तोड्दै आफ्नो नाममा गरेका छन् । 

युएईसँग एकदिवसीय सिरिज अन्तर्गतको दोश्रो खेलमा सातौँ नम्बरमा ब्याटिङ गर्ने आएका रोहितले ५५ रन बनाएका थिए । उनले ५८ बल खेल्दै ७ चौकाको मद्दतमा उक्त रेकर्ड बनाएका हुन् । 

सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए । त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो । 

रोहित पौडेलको उमेर शनिबार अर्धशतक बनाउने क्रममा १६ वर्ष १४६ दिन रहेको छ । अर्थात रोहितले अफ्रिदीको रेकर्ड ७१ दिनले तोडेका छन् । यो रेकर्ड बनाउने सुचीमा पहिलो र दोश्रो नम्बरमा रोहित र शाहिद छन् भने तेश्रो र चौथो नम्बरमा पनि शाहिद अफ्रिदीनै छन् । 

अफ्रिदीले १६ वर्ष २४५ दिन उमेर हुँदा जिम्बाबेविरुद्ध र १६ वर्ष ३२३ दिन उमेर हुँदा वेस्ट इन्डिजविरुद्ध अर्धशतक बनाएका थिए । ३ वटै इनिंग अफ्रिदीले सन् १९९६ मा खेलेका थिए ।

हङकङका खेलाडी अंशुमन रथ यो सुचीको पाँचौ नम्बरमा रहेका छन् । जसले १७ वर्ष ४ दिनको उमेरमा पपुवा न्यु गिनीविरुद्ध सन् २०१४ मा अर्धशतक बनाएका थिए । यस्तै यो सुचीमा छैठौं, सातौँ र आठौँ नम्बरमा शहिद अफ्रिदीनै छन् । 

नवौं र दशौ नम्बरमा अफगानिस्तानका उश्मान घानी छन् भने ११ औं नम्बरमा पाकिस्तानकै मोहम्मद आमिर रहेका छन् । रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने पनि विश्वकै चौथो कान्छा खेलाडी हुन् । 

पौडेलले गत वर्ष नेदरल्याण्डसँग नेपालले खेलेको एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा नेपालको लागि डेब्यु गरेका थिए । त्यस दिन रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्रै थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।