काठमाडौं- एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले पदवाट राजिनामा दिएका छन्। न्यौपानेको राजिनामा बैंक सञ्चालक समितिले स्वीकृत गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ।
न्यौपानेले दिएको राजिनामा बिहीबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ। पारिवारिक कारण देखाउँदै उनले बैंकको सीईओबाट राजिनामा दिएका हुन्।
पारिवारिक कारणले बैंकमा समय पनि दिन नसकिएकाले राजिनामा दिएको र राजिनामा स्वीकृत समेत भइसेकेको न्यौपानेले बताए। न्यौपाने बैंकमा पहिलो कार्यकलको ४ वर्ष पुरा गरी दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका थिए। दोस्रो कार्यकाल सकिन धेरै समय भने बाँकी थिएन।