बिहीबार, पुस १७, २०८२

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

 |  बिहीबार, असोज २, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २, २०८२

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ।

National life

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो। “साउन महिनामा कार्यालयले रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो”, उहाँले भन्नुभयो, “जेनजी समूहको आन्दोलनले भदौ महिनाको एक दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ। भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ।”

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा रु दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ। त्यस्तै गरी भदौ १७ गते रु एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ। त्यस्तै भदौ २८ गते रु एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ। त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते रु तीन करोड, भदौ २५ गते भने शूल्य राजस्व सङ्कलन भएको छ।

त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु ११ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्‍यो भने भदौ महिनामा भने रु २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ।

Laxmi sunrise bank

प्रकाशित: Sep 18, 2025| 07:30 बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्