काठमाडौं- युएईसँगको जारी एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय खेलमा रोहित कुमार पौडेलले अर्धसतक पुरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि सातौं नम्बरमा मैदान आएका रोहितले ५५ बल खेल्दै अर्धसतक पुरा गरेका हुन् ।
वन सराफको स्थानमा मैदान आएका उनले जारी प्रतियोगितामा अर्धसतक बनाउने पिहलो खेलाडी समेत बनेका छन् । उनले ५५ बलमा ६ चौका प्रहार गर्दै अर्धसतक पुरा गरे । उनले आरिफ सेखसँग साझेदारी गर्दै नेपालको स्कोर उकास्न महत्वोपुर्ण भुमिका समेत खेले ।
नेपालको अहिले ६ विकेट गुमाएर १ सय ९८ रनमा खेली रहेको छ । उनलाई अहिले करन केसीले साथ दिहि रहेका छन् । नेपालले अिहले सम्म विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ सेख र पवन सराफलाई गुमाएई सकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४