काठमाडौं- युएईमा एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिज खेली रहेको नेपालले आफ्नो जारी दोस्रो एकदिवसीय खेलमा सतक पुरा भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्ना महत्वोपुर्ण तीन विकेट गुमाउँदै सतक पुरा गरेको हो ।
नेपालले २६ औ ओभरमा तीन विकेट गुमाउँदै सतक पुरा गरेको हो । ओपनर द्धोय विनोद भण्डारी र ज्ञानेन्द्र मल्ल तथा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा विनोद र दोस्रो विकेटको रुपमा ज्ञानेन्द्रलाई गुमाउँदा तेस्रो विकेटको रुपमा ऐरीलाई गुमाएको हो ।
१५.३ ओभर ६१ रन पुग्दा पहिलो विकेट गुमाएको नेपालले लगत्तै १८.३ ओभर ७० रन पुग्दा दोस्रो विकेट गुमाएको हो । ४४ रनमा खेलिरहेका ज्ञानेन्द्र जाहुर खानको बलमा क्याच आउट भए । उनले ६१ बल खेल्दै ४ चौकाको मद्दतमा ४४ रन जोडे । ऐेरी १० रनमा एलबिडब्लु आउट भए । यतिबेला पवन सराफ र कप्तान पारस खड्का मैदानमा खेलि रहेका छन् ।
यसअघी २१ रनमा खेलिरहेका भण्डारी आमिर हायातको बलमा क्याच आउट भए । उनले ४६ बल खेल्दै २ चौकाको मद्दतमा २१ रन जोडेका हुन् । सिररिजको पहिलो खेल गुमाएको नेपालाई सिरिज जित्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । नेपाल सिररिजको पहिलो खेलमा युएईसँग ३ विकेटले पाजित भएको छ ।
पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल नजिते सिरिज जित्ने सपना विफल हुने छ । यो खेलमा जित निकाले नेपालले सिरिज १-१ को बराबरी गर्नेछ ।
र, सिरिज जित्ने आशा जीवितै राख्ने छ ।नेपालले पहिलो विकेटको रुपमा विनोद भण्डारीलाई गुमाएको छ । विनोद ४५ बलमा २१ रन जोड्दै आउट भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४