बुधबार, चैत २५, २०८२

नेपालले गुमायो पहिलो विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईमा एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिज खेली रहेको नेपालले आफ्नो जारी दोस्रो एकदिवसीय खेलमा पहिलो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रुपमा विनोद भण्डारीलाई गुमाएको हो । 

२१ रनमा खेलिरहेका भण्डारी आमिर हायातको बलमा क्याच आउट भए । उनले ४६ बल खेल्दै २ चौकाको मद्दतमा २१ रन जोडेका हुन् । नेपालले १५.३ ओभर ६१ रन पुग्दा पहिलो विकेट गुमाएको हो ।

सिररिजको पहिलो खेल गुमाएको नेपालाई सिरिज जित्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । नेपाल सिररिजको पहिलो खेलमा युएईसँग ३ विकेटले पाजित भएको छ । 

पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल नजिते सिरिज जित्ने सपना विफल हुने छ । यो खेलमा जित निकाले नेपालले सिरिज १-१ को बराबरी गर्नेछ । 

र, सिरिज जित्ने आशा जीवितै राख्ने छ ।नेपालले पहिलो विकेटको रुपमा विनोद भण्डारीलाई गुमाएको छ । विनोद ४५ बलमा २१ रन जोड्दै आउट भए । अहिले उनको स्थानमा कप्तान पारस खड्का मैदान प्रवेश गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।