बिहीबार, साउन १४, २०८३

मेस्सीको राष्ट्रिय टोलीमा फर्किने मिती तय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- रुस विश्वकपपछि अर्जेन्टिनी राष्ट्रिय टोलीबाहिर रहँदै आएका स्टार खेलाडी लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किने मिती तय भएको छ । उनले आफू राष्ट्रिय टोलीमा फर्किन तयार रहेको सन्देश पठाएसँगै उनको राष्ट्रिय टोलीमा फर्किने मितीको तय भएको हो । 

उनी आगामी मार्च २२ तारिखमा भेनेज्वेलासागको मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । सो खेलका लागि मेस्सी करिब ९ महिनापछि राष्ट्रिय टोलीमा फर्किन लागेका हुन् । 

सो खेलको घोषणापछि प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई राष्ट्रिय टोलीमा फर्किन सन्देश पठाएकोमा मेस्सीले पनि कोपा अमेरिकाअघि नै राष्ट्रिय टोलीमा फर्किन तयार रहेको भन्दै अर्जेन्टिनी फुटबल संघ र प्रशिक्षकलाई जवाफ पठाएको अर्जेन्टिनी मिडियाले उल्लेख गरेका छन् । 

करिब डेढ महिनाअघि मेस्सीले भने एक अन्तर्वार्तामा आफू कोपा अमेरिका खेल्न टोलीमा फर्किने तयार रहेको बताएका थिए । तर, अहिले आएर उनी त्यसअगावै राष्ट्रिय टोलीमा फर्किन राजी भएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।