आइतबार, भदौ १४, २०८३

सुनको मूल्यमा दैनिक कीर्तिमान

 |  आइतबार, भदौ २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २२, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ। आज एक तोला चाँदी रु दुई हजार ५०० मा किनबेच भइरहेको छ। 

गत बुधबार एक तोला सुन  रु दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी रु दुई हजार ४८० मा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Sep 07, 2025| 12:03 आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्