आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  •  'युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’'को'बेस्ट बैंक अवार्ड 'ग्लोबल आइएमई बैंकले जित्यो 

 'युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’'को'बेस्ट बैंक अवार्ड 'ग्लोबल आइएमई बैंकले जित्यो 

 |  आइतबार, भदौ २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २२, २०८२

काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ।मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा कोरेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका थिए।

सन् १९९२ देखि प्रदान हुँदै आएको यो अवार्ड बैंकिङ क्षेत्रमा उच्चतम प्रदर्शन गर्ने संस्थालाई दिइँदै आएको छ। ग्लोबल आइएमई बैंकलाई यो वर्ष ग्राहक सेवा, वित्तीय प्रदर्शन, सामाजिक उत्तरदायित्व, वातावरणीय र सुशासन क्षेत्रमा योगदान, तथा नयाँ प्रविधि अपनाउने प्रयासका आधारमा सम्मान गरिएको हो।

युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषणका लागि प्रख्यात मानिन्छ, जसको मूल्याङ्कन समूहमा अनुभवी वित्तीय विज्ञहरूको सहभागिता रहन्छ।

ग्लोबल आइएमई बैंक यसअघि पनि सन् २०२२ र २०२४ मा यही अवार्डअन्तर्गत ‘बेस्ट बैंक’ घोषित भइसकेको छ। यससँगै बैंकले तेस्रो पटक लगातार यो प्रतिष्ठा कायम गर्न सफल भएको हो। साथै, बैंकले ग्लोबल फाइनान्स को ‘बेस्ट बैंक अवार्ड २०२४’ र ‘२०२५’ समेत हात पारिसकेको छ।

विस्तृत शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ग्लोबल आइएमईले हाल ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ। बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

नेपालमै मात्र नभई विदेशमा समेत सक्रिय रहेको बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स सेवा भित्र्याउँदै आएको छ।

प्रकाशित: Sep 07, 2025| 10:39 आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्