बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

 |  शनिबार, भदौ २१, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २१, २०८२

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन्। आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी आशा थपलियाले ४१ र विश्वास रेग्मीले ९२ मत प्राप्त गरे।

National life

समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १०४ मत प्राप्त गरे।

यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने १३३ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका आशा थापाले १०८ मत प्राप्त गरिन्। समितिको सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित भएका छन्।

समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी) १४१, कमल धिताल (बाह्रखरी) १८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १४७, राजु बास्कोटा (क्लिकमाण्डु) १५९ र सीमा तामाङ (कान्तिपुर दैनिक) २०० मतसहित निर्वाचित भएका छन्।

यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ। यहाँ आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गरेका हुन्। त्यस अवसरमा उनले नवनिर्वाचत कार्यसमितिले सेजनको गरिमालाई थप उचो बनाउँदै आर्थिक क्षेत्रका मुद्दा उठानमार्फत नेपाली मिडियामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे।

Laxmi sunrise bank
kumari

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षसमेत रहेका झाले पछिल्लो समय आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारहरूको भूमिका थप बढ्दै गएको भन्दै सेजनले यस क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता विकास, पत्रकारका मुद्दा र आर्थिक सवालहरू उजागर गरी थप योगदान गर्नु पर्नेमा जोड दिनुभयो । झाको नेतृत्वमा अधिवक्ता सन्तोष तिवारी, रामप्रसाद दाहालसहित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए।

प्रकाशित: Sep 06, 2025| 20:04 शनिबार, भदौ २१, २०८२
प्रतिक्रिया दिनुहोस्