बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा मोटर्सले सुरु गर्यो दशैं लक्षित 'प्रि-फेस्टिभ फियस्टा'योजना 

टाटा मोटर्सले सुरु गर्यो दशैं लक्षित 'प्रि-फेस्टिभ फियस्टा'योजना 

 |  शुक्रबार, भदौ २०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २०, २०८२

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आगामी चाडपर्वलाई लक्षित गरी 'प्रि-फेस्टिभ फियस्टा'नामक विशेष कार्यक्रम घोषणा गरेको छ।यो कार्यक्रम यही भदौ २० र २१ गते ९सेप्टेम्बर ५ र ६० देशभरका टाटा शोरुममा सञ्चालन हुनेछ।

National life

दुई दिने यस कार्यक्रममा ग्राहकहरूले टाटाका इलेक्ट्रिक तथा पेट्रोलरडिजेल गाडीहरूको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।प्रदर्शनीमा टियागो।ईभी, पञ्च।ईभी, नेक्सन के३।ईभी जस्ता इलेक्ट्रिक र टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसीई गाडीहरू उपलब्ध हुनेछन्।

कार्यक्रममा गाडी बुक गर्ने ग्राहकले लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र एक वर्षे सवारी कर, निःशुल्क बीमा तथा एसेसरिज, निःशुल्क होम चार्जर जडान लगायतका सुविधा पाउनेछन्।

यो योजनाले ग्राहकलाई आर्थिक लाभ मात्र नभई चाडपर्वको उत्साहसँग जोड्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

प्रकाशित: Sep 05, 2025| 15:43 शुक्रबार, भदौ २०, २०८२
प्रतिक्रिया दिनुहोस्