प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको घेराउबीच नै सुरक्षा घेरा हालेर सरकारले विवादस्पद चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। शुक्रबार बसेको संसद बैठकमा सरकारले प्रतिपक्षीको घेराउ र नाराबाजीबीच नै विधेयक पारित गरेको हो।
लामो समयदेखि विवादमा रहेको चिकित्सा शिक्षा विधेयक डा गोविन्द केसीको सत्याग्रहको प्रवाह र प्रतिपक्षको विरोधको परवाह नगरी बहुमतको आडमा पारित गरिएको छ। यसको चौतर्फी विरोध भइरहेको छ। यही सन्दर्भमा स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिती र त्यसले निम्याएको परिणाम यहाँ चर्चा गरिएको छ।
१६ औं अनशनको १७ औं दिनमा विवादित चिकित्सा शिक्षा विधेयक पारित भएपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै डा गोविन्द केसीले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ।
विधेयकमा उपत्यकाभित्र दस वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न शिक्षण संस्था स्थापना र सञ्चालन गर्न आशयपत्र नदिइने, चिकित्सा शिक्षा अध्ययन गर्न केन्द्रीय प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले दुईवर्ष सरकारी सेवा अनिवार्य गर्नुपर्ने रहेका छन्।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारलाई संविधान मारेर अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलिलाई पदमा बस्ने कुनै अधिकार नभएको बताएको छ।
प्रदेश २ का उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झा उपर कुटपिट भएको १२ दिन बिति सक्यो। २९ पौषमा सचिव झालाई प्रदेश २ का अर्थमन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाई कुटपिट गरेको आरोप लागेको छ।
सुर्खेतको एक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ। १८ महिने पशु विज्ञान विषय अध्यापन गराइरहेको वीरेन्द्रनगर-११ धुलियाविटको शिव माध्यमिक विद्यालयले विद्यार्थीहरुको शिक्षण सिकाईमा सहजता ल्याउन क्लिनिक सञ्चालन गरेको हो।
वैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरुले शुक्रवारबाट धनगढीमै श्रम स्वीकृति पाउने भएका छन्। प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले एक कार्यक्रमका बीच उद्घाटन गरे।
लामो समयपछि स्थानीय निकायको पुनर्वहाली पछि विकास निर्माण र सर्वसाधारणका लागी सहजरुपमा सुविधा उपलब्ध हुने अपेक्षा विपरित स्थानीय तहका पदाधिकारीहरु विलासी बन्दै गएका छन्।
नेपाल र भारतबीच उर्जा सम्बन्धी उच्च स्तरीय बैठक सम्पन्न भएको छ। सन् २०१४ मा सम्पन्न नेपाल भारत व्यापार सम्झौताको दफा ५ मा व्यवस्था भएअनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण गर्न बुधबार र बिहीबार पोखरामा उच्च स्तरिय बैठक बसेको हो।
जीवन सधैं एकनास कहाँ चल्छ र? बुनेका सपना पूरा र सोचेजस्तै जीवन सायदैको हुन्छ। एक अर्थमा अरोह र अवरोहको संगालो नै जीवन हो। मान्छेको जीवनमा विभिन्न घटनाक्रम भइरहन्छन्।
अली अब्बास जफरको निर्देशनमा बनेको सलमान खान अभिनित फिल्म ‘भारत’ को ट्रेलर रिलीज भएको छ। ‘भारत’ इदको अवसरमा रिलिज हुनेछ। फिल्म रिलिज भएलगत्तै सलमानका केही लुक सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
नेपालले १५ मार्च २०१८ मा ओडिआईको मान्यता पाएपछि नेपालले पहिलो पटक ऐतिहासिक एक दिवसीय क्रिकेट नेदरल्यान्डसँग खेल्यो। जहाँ नेपाल एक ऐतिहासिक घडीमा १-१ को बराबरी खल्दै घर फिर्कियो। तर, दोस्रो एकदिवसीय सिरिज जित्ने आसाका साथ नेपाली टोली युएई पुग्यो।
कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएर ढलेका छन्। बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी विरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...