आइतबार, भदौ १४, २०८३

सुनचाँदीको मूल्य स्थिर

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन। 

बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन। चाँदीको मोल पनि यथावत छ। हिजो चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Sep 04, 2025| 11:09 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्