ललितपुर-नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन-पेले आधिकारिक रूपमा सिटी-पेलाई आफ्नो व्यवसायिक प्रणालीमा मर्ज गरेको छ। यस महत्वपूर्ण उपलब्धिले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोन-पेको दृष्टिलाई अझ बलियो बनाउदै, यस साझेदारीमार्फत, सिटी-पे वालेट प्रयोगकर्ताहरू अब फोन-पेको राष्ट्रव्यापी अन्तरसञ्चालित QRनेटवर्क पहुँच हुने छ।,
कार्यक्रमा बोल्दै, फोन-पेका CEO श्री दिवस कुमारले भने 'हाम्रो पारिस्थितिकी प्रणालीमा सिटी-पे स्वागत गर्नु हाम्रो यात्रामा एक महत्वपूर्ण कदम हो। प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र नेपालका जनताको लागि अझ मूल्यवान बनाउँछ। हाम्रो उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउनु हो।'
त्यस्तैगरी, सिटी-पेका CEO श्री बिनय रेग्मीले भने 'यो साझेदारी केवल प्रविधिबारे होइन यो लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने बारे हो। सिटी-पे र फोने-पे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तत्काल लेनदेन गर्न सक्षम बनाउनेछन्। यो एकीकरणले देशभर ग्राहकहरूलाई सहज, भरपर्दो भुक्तानी अनुभव सुनिश्चित गर्ने अपेक्षा गरिएको बताए।”
यस महत्वपूर्ण साझेदारीलाई विशेष बनाउन, सिटी-पेले आफ्ना ग्राहकहरूका लागि फोने-पे नेटवर्कमार्फत गरिने QR कारोबारमा आधारित विशेष पर्व-अभियान पनि घोषणा गरेको छ। २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म, सिटी-पे वालेट प्रयोगकर्ताले प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश गर्नेछन्। अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा Samsung टेलिभिजन प्राप्त गर्नेछन्।
फोने-पे नेटवर्कले देशभर १.७ मिलियनभन्दा बढी ग्रहाकहरु र ६० भन्दा बढी बैंक वित्तीय संस्थाहरूलाई जोडेको छ र बढ्दो संख्यामा वालेट साझेदारहरूलाई पनि समेट्दै लाखौं प्रयोगकर्ताहरूलाई सुरक्षित र तत्काल डिजिटल भुक्तानि सुविधा प्रदान गर्दछ। सिटी-पेलाई स्वागत गर्दै, फोनेपेले वित्तीय समावेशीकरण बढाउने र नेपालभर नगद रहित कारोबार प्रवर्द्धन गर्ने आफ्नो भूमिकालाई अझ सुदृढ बनाएको छ।