आइतबार, भदौ १४, २०८३

सुनको मूल्यमा दैनिक कीर्तिमान

 |  बुधबार, भदौ १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १८, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो। चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Sep 03, 2025| 10:51 बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्