बिहीबार, साउन १४, २०८३

अझै सुधार भएन नेपाली ब्याटिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालले १५ मार्च २०१८ मा ओडिआईको मान्यता पाएपछि नेपालले पहिलो पटक ऐतिहासिक एक दिवसीय क्रिकेट नेदरल्यान्डसँग खेल्यो। जहाँ नेपाल एक ऐतिहासिक घडीमा १-१ को बराबरी खल्दै घर फिर्कियो। तर, दोस्रो एकदिवसीय सिरिज जित्ने आसाका साथ नेपाली टोली युएई पुग्यो। 

शुक्रबार युएईसँगको एकदिवसीयअन्र्तगतको पहिलो खेल खेल्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीको सधै धरमराएको नेपाली ब्याटिङ पुनः देख्न पाईयो। जुन नेपाली ब्याटिङ स्तर यसअघि देखिदै आएको थियो । 

पछिल्ला घरेलु प्रतियोगिताले केही नयाँ अनुहार समेत जन्मायो। र पुराना खेलाडीले पनि राम्रो प्रदर्शन गरे। जसकारण राष्ट्रिय टोली बाहिर रहेका केही पुराना खेलाडी पुनः टोलीमा परे । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी विदेशी भूमिमा दोहोरो अंकसमेत छुन असमर्थ भए। 

घरेलु प्रतियोगिताले गर्दा नेपाली ब्याटिङ केही फेरीएको आशा गरिएको थियो। तर, त्यसो हुन भने सकेन। यसपटक पनि सदा झै ओप्निङ ब्याटिङमा समस्या देखीयो। ओप्निङ ब्याट्सम्यान नेपालका लागि मात्र परिक्षण जस्तो भएको छ । पछिल्लो समय नेपालले ओप्निङ ब्याट्सम्यान परिवर्तन गरेको यो तेह्रो पटक हो। तर पनि असफल जस्तै भयो । 

जुन कुरा युएईसँगको एकदिवसीय खेलमा पनि देखीयो। यसपटक ओप्निङ ब्याटिङ मात्र नभई मध्यक्रमका ब्याट्सम्यानले समेत जिम्मेवारबिहिन र लापरवाही ब्याटिङ गर्दा नसोचेको नतिजा आयो । जसकारण नेपालले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १३ बनाउन सक्यो । 

विषेशगरी नेपाली क्रिकेट टोली एकै खेलाडीमा निर्भर देखिन्छन् । यदि कप्तान पारस खड्का क्रिजमा टिक्न सके अन्य खेलाडी पनि राम्रै प्रदर्शन गर्नसक्थे भन्ने पुरानो प्रसंग पुनः दोहोरियो । पछिल्ला केही अन्तर्रािष्ट्रय खेलमा ‘फम’ बाहिर रहेका उपकप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन सन्तोषजनक हुन सकेन्। 

घरेलु प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा राम्रो दर्शन गर्दै आफ्नो टोलीलाई उपाधि दिलाएका उनको प्रदर्शन अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत राम्रो रहने आसा गरिएको थयो। तर, उनी पहिलो ओभरमा नै शून्य रनमा आउट हुँदै पेभिलिएन फर्किए । 

पहिलो ओभरको चार बल खेल्दै उनी शून्य रनमा आउट भए । उनकै जोडीमा ओप्निङमा आएका विनोद भण्डारी पनि चल्ने सकेनन् । विनोदको यो डेब्यु एकदिवसीय प्रतियागिता समेत हो। त्यसपछि मैदानमा रहेका कप्तान पारस खड्का र सोमपाल कामीले नेपाली ब्याटिङलाई उकास्ने प्रयास गरे ।

तर उनी पनि सोचे जस्तो चल्न सकेनन् । उनी २० रनमा क्याचआउट हुँदै मैदान बाहिरिए । पछिल्लो पुस्ताका आशा लाग्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी पाँचौ स्थानमा क्रिजमा आए। पाँचौ स्थानमा मैदान आएका दिपेन्द्रसिंह ऐरी पनि दुई बल खेल्दै शून्य रनमा पेभिलियन फर्किए। उनी रन आउट भएका थिए। 

आरिफ सेखसँग साझेदारी गर्दै केशी राहात दिएका सोमपाल पनि ३० रनमा एलबिडब्लु आउट भए । त्यसपछिका तीन विकेट लगातार फर्किन बाध्य भए । पवन सराफ ४ रनमा आउट हुँदा करन केसी ३ र बसन्त रेग्मी शून्य रनमा आउट भए। जसले सधैं धरमराइ रहने नेपाली ब्याटिङको दुरुवास्था दोहोरियो। 

आरिफले पनि २५ रन जोडे। युवा बलर सन्दीप लामिछानेले १५ रन जोड्दा नेपाली टोलीले १ सयको आँकडा पुरा गर्यो । सन्दिपले २७ बल खेल्दै १५ रन जोडेका थिए। ललित राजवंशीले दुई रन जोड्दै नेपालले सबै विकेट गुमायो । तर बलिङ भने नेपालको उत्कृष्ट मान्न सकिन्छ । यसको जोलन्त उदाहरण विश्वका विभिन्न फ्रेन्चाइज लिगमा सन्दीपले देखाएको उपस्थिती हा । 

सधैं एक दुई ब्याट्सम्याने धानेको नेपाली क्रिकेट टोलीमा बलियो ब्याटिङ् लाइन कहिले बन्ला? बलिङमा केहि सुधार देखिएको नेपाली टोलीमा छिट्टै ब्याटिङमा पनि सुधार भएको नेपाली समर्थक हेर्न आतुर छन् । बलिङजस्तै ब्याटिङमा पनि छिट्टै सुधार होस् नेपाली टिमलाई हाम्रो कामना।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।