आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेसले गर्यो 'दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख'योजना सार्वजनिक

सिटी एक्सप्रेसले गर्यो 'दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख'योजना सार्वजनिक

 |  मंगलबार, भदौ १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १७, २०८२

National life

काठमाडौं-सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै 'यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' योजना सार्वजनिक गरेको छ। नौ सातासम्म चल्ने यस अफर अन्तर्गत लक्की ड्रमार्फत हरेक हप्तामा एक जनाले एक लाख रुपैयाँ जित्ने मौका पाउनेछन्।

उपहार योजनाको घोषणा हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपालको उपस्थितिमा गरिएको हो। कम्पनीका अनुसार भाद्र १६ देखि कात्तिक १५ गतेसम्म विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही स्वचालित रूपमा यस योजनामा सहभागी हुनेछन्। विजेता छनोट प्रक्रिया विद्युतीय प्रणालीमार्फत हुनेछ भने कम्पनीका कर्मचारीलाई भने यो अफर लागु हुने छैन।यस अफरमा हरेक दिन सहभागी ग्राहकले सिटी पे बाट क्यास ब्याक पनि पाउने व्यवस्था गरिएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १९ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ। हालै कम्पनीले आफ्नै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सुविधा थप गरेको छ, जसबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: Sep 02, 2025| 11:56 मंगलबार, भदौ १७, २०८२
प्रतिक्रिया दिनुहोस्