बिहीबार, साउन १४, २०८३

संसदीय सर्वोच्चताको दुरुपयोग भयो : विवेकशील साझा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएकोमा आपत्ति जनाउँदै विवेकशील साझा पार्टीले संसदीय सर्वोच्चताको दुरुपयोग भएको आरोप लगाएको छ।

डा गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका कयौं प्रावधान समाविष्ट चिकित्सा शिक्षा विधेयक आज संसदबाट जबरजस्ती पारित गरिएकोमा विवेकशील साझा पार्टी त्यसको घोर भत्सर्ना गरेको जनाएको छ। 

शुक्रबार बेलुका प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका प्रवक्ता सुर्यराज आचार्यले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको आफूलाई समाजवादी भन्ने सत्तारूढ दलबाट नै खिल्ली उडाइनु अत्यन्तै खेदजनक भएको बताएका छन्। 

संसदीय सर्वोच्चताको गलत प्रयोग भएको छ। सिमीत नेता र व्यापारीको लगानी र मुनाफा सुरक्षित गर्न र याराना पुँजिवाद (क्रोनि क्यापिट्यालिजम) लाई प्रश्रय दिएर सिमीत नेता, पार्टी र व्यापारीको हित हुने र आम जनताको अहित हुने कार्य भएको प्रेस विज्ञप्तीमा उल्लेख छ। 

कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने विवेकशील साझा पार्टी शिक्षा र स्वास्थ्यलाई मूलरूपमा राज्यको दायीत्व ठान्दछ। सोही विश्वासका कारण शुरूदेखि नै विवेकशील साझाले डा गोविन्द केसीले उठाएका मागहरूको मर्ममा समर्थन जनाउँदै आएको जनाइएको छ।

सरकारले जबरजस्ती संसदीय मर्यादालाई मिचेर संसदीय सर्वोच्चताको दुरूपयोग गरेको विरोधमा र डा गोविन्द केसीसँगको संझौताको पक्षमा विवेकशील साझा पार्टीले आइतबार, माघ १३ गते, ११ बजे माइतिघर मण्डलामा प्रदर्शन गर्नेसमेत जनाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।