मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित 'अवार्ड' महालक्ष्मी विकास बैंकलाई

इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित 'अवार्ड' महालक्ष्मी विकास बैंकलाई

 |  सोमबार, भदौ १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १६, २०८२
National life
Shivam cement

काठमाडौं-महालक्ष्मी विकास बैंक लिमिटेड इन्डियन चेम्बर अफ कमर्स, कोलकाताको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।अगस्ट २९ मा नयाँदिल्लीमा सम्पन्न 'तेस्रो इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स' कार्यक्रममा बैंकले 'सम्पत्ति गुणस्तर' श्रेणीअन्तर्गत अवार्ड हात पारेको हो।

बिमस्टेक क्षेत्रकै प्रतिष्ठित मानिने उक्त कार्यक्रम भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागितामा सम्पन्न भएको थियो। सम्पत्तिको संरचना, प्रभावकारी परिचालन तथा गुणस्तर सुधारमा महालक्ष्मी विकास बैंकले पुर्याएको उल्लेखनीय योगदानका आधारमा यो सम्मान प्राप्त भएको आयोजकहरूले जनाएका छन्।

प्रकाशित: Sep 01, 2025| 16:12 सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्