बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यती एअरलाइन्स र उपायको सहकार्यमा 'डोर टु डोर कार्गो' सेवा सुरू

यती एअरलाइन्स र उपायको सहकार्यमा 'डोर टु डोर कार्गो' सेवा सुरू

 |  सोमबार, भदौ १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १६, २०८२

काठमाडौं-यती एअरलाइन्सले उपाय सिटी कार्गोसँगको रणनीतिक साझेदारीमा 'यती डोर टु डोर कार्गो सेवा' सुरु गर्ने घोषणा गरेको छ। यो सेवाले हवाई कार्गोलाई डिजिटल बनाउँदै ग्राहकहरूलाई घरबाटै सामान पठाउन र प्राप्त गर्न सक्ने सुविधा प्रदान गर्नेछ।

National life

अब ग्राहकले कार्गो पठाउनका लागि एयरपोर्ट वा कार्यालय धाउनु पर्नेछैन। उपायको डिजिटल प्लेटफर्म उपाय कम्प्लिट प्रयोग गरी घरमै बसेर कार्गो बुक गर्न सकिनेछ। बुकिङपछि उपायले ग्राहकको घरबाटै सामान संकलन गरी गन्तव्यमा पुर्याइदिनेछ।

सामान लिन घरमै आउने र तोकिएको स्थानसम्म पुर्याइदिने सुविधा भएको यसको मोबाइल वा वेबबाटै सहज बुकिङ र सामानको रियल-टाइम ट्र्याकिङ गर्न सकिनेछ। यसका अलावा परम्परागत एयरपोर्ट-टु-एयरपोर्ट सेवा वा उपाय हबमा कार्गो छोड्ने विकल्प पनि उपलब्ध रहेको छ।

साझेदारीबारे बोल्दै उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने, 'यो सहकार्यले नेपालको कार्गो क्षेत्रमा नयाँ युगको सुरुवात गर्नेछ। अत्याधुनिक प्रविधिमार्फत हामी ग्राहकलाई पारदर्शी र विश्वासिलो सेवा दिनेछौं।'

यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, 'उपायको प्रविधि र हाम्रो हवाई सञ्जालको संयोजनले देशभरका व्यवसाय र व्यक्तिगत ग्राहकलाई विश्वसनीय कार्गो सेवा प्रदान गर्नेछ।'

Laxmi sunrise bank

प्रकाशित: Sep 01, 2025| 16:09 सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्