बिहीबार, पुस १७, २०८२

 मेलुङ थकालीमा डिशहोमका ग्राहकलाई १० प्रतिशत छुट

 |  सोमबार, भदौ १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १६, २०८२

काठमाडौं-डिशहोमले आफ्ना ग्राहकहरूलाई चर्चित रेस्टुरेन्ट 'मेलुङ थकाली' मा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ।दुई कम्पनीबीच भएको साझेदारी अनुसार, डिशहोमका सक्रिय ग्राहकहरूले 'माई डिशहोम' एपमा रहेको भर्चुअल प्रिभिलेज कार्ड देखाएर यो सुविधा लिन सक्नेछन्।

National life

यो छुट सुविधा काठमाडौं उपत्यकाका एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारस्थित मेलुङ थकालीका सबै शाखामा उपलब्ध हुनेछ। छुट प्राप्त गर्न ग्राहकले ‘माई डिशहोम’ एपमा लग-इन गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

साझेदारी सम्बन्धी सम्झौतापत्रमा डिशहोमका तर्फबाट सबिन महर्जन र मेलुङ थकालीका सह-संस्थापक बसन्त लामाले हस्ताक्षर गरे। डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यो सहकार्यले ग्राहकको दैनिक जीवनमा थप मूल्य प्रदान गर्ने बताए।

डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत डाइनिङ, यात्रा र अन्य जीवनशैली क्षेत्रमा आफ्ना ग्राहकलाई विशेष छुटहरू प्रदान गर्दै आएको छ।

प्रकाशित: Sep 01, 2025| 16:01 सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्