बिहीबार, साउन १४, २०८३

कम्युनिस्ट सरकारलाई तरुणको आग्रह : 'संविधान नमार '

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारलाई संविधान मारेर अघि बढ्‍ने प्रधानमन्त्री केपी शर्मा ओलिलाई पदमा बस्‍ने कुनै अधिकार नभएको बताएको छ।  

गन्डकी प्रदेशको पोखरामा आयोजित विरोध सभामा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्‍नेतले भने, 'चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले ठूलो गल्ती गरेको छ। कार्यपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलनको सिद्धान्तलाई लत्याएर प्रमुख प्रतिपक्षीलाई पेलेर जाने र निषेध गर्ने काम संविधान विपरित छ। संविधान मिच्ने सरकारले देशको हित गर्न सक्दैन्। यसरी संविधान मारेर अघि बढ्ने सरकारले देश हित गर्न सक्दैन।'

'मुलुकमा समृद्धि ल्याउनुभन्दा पहिले संविधानका धारा पढ्नुस् र त्यसको पालना गर्न तयार हुनुस्', अध्यक्ष बस्नेतले थपे, 'संविधान मारेर ल्याएको समृद्धि देखियो- बलात्कार, भ्रष्टाचारजस्ता अपराधो पश्रय।'

माफियाले पालेको सरकारले बलात्कारी र भ्रष्टाचारीको संरक्षण गरिरहेको अध्यक्ष बस्नेतको आरोप छ। उनले भने,  'चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेर डा केसीको सत्याग्रहको अपमान गरेको छ। वाइड बडी, सुन कान्ड, बलात्कार कान्डलगायतलाई ओझेलमा पारेको छ। यसको तरुणले घोर भर्त्सना गर्दछ।'

विगतका परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व प्रदान गर्दै सफलता हात पारेको इतिहास स्मरण गराउँदै अध्यक्ष बस्नेतले भने, 'अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न प्रहरी परिचालन गरी गिरफ्तार गराउने काम बन्द गराउनु्स्। नत्र परिणाम नराम्रो हुनेछ।'

कम्युनिस्ट सरकारको चमत्कार, महँगी, बलात्कार र भ्रष्टाचारका विरुद्ध तरुणले सातवटै प्रदेशमा विरोध कार्यक्रम गर्ने तयारीका साथ अघि बढेको तरुण दल शनिबार प्रदेश पाँचमा गर्ने५। मंगलबार प्रदेश एकको विराटनगरमा विरोध कार्यक्रम गरेको तरुण दलले बुधबार प्रदेश २ को जनकपुरमा, बिहीबार प्रदेश ३ मा र शुक्रबार गन्डकी प्रदेशमा विरोध कार्यक्रम गरेको हो।

तस्बिर सौजन्य : दिनेश बिक्रम शाह


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।